फेसबुकले लाइक र रिएक्सनको संख्या देखाउन बन्द गर्दै

तामसालिङ खबर
१० आश्विन २०७६, शुक्रबार १४:२२

असोज, एजेन्सी – फेसबुकले कुनै पनि पोष्टको लाइक एवं रिक्सेनको गणना नदेखाउने तयारी थालेको छ । विभिन्न अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाए अनुसार फेसबुले अष्ट्रेलियाबाट यसको सूरुवात गर्ने तयारी गरेको हो ।

मानिसहरुले कुनै पनि पोष्टमा भएका लाइक एवं रिक्सेनको गणना अनुसार त्यो पोष्टलाई मान्यता दिने गररेको देखिएका कारण फेसबुकले यस्तो तयारी थालेको समेत जानाइएको छ ।

अष्ट्रेलियाई प्रसारण निगम एबीसी ले जनाए अनुसार फेसबुकले धेरै मानसिक संघ संस्था एवं फेसबुकले एनालाइस गरेको डाटा अनुसार मानिसहरुले फेसबुकका पोष्टको क्वालिटी भन्दा पनि लाइक एवं रिएक्सनलाई बढी मान्यता दिने गरेको पाइएपछि यस्तो गर्न थालिएको हो ।

फेसबुक अष्ट्रेलियाका नीति निर्देशक मिया गार्लिकले बताए अनुसार फेसबुकले दृश्यात्मक गणना हटाएर प्रयोगकर्ताले पोष्टको गुणस्तर र आवश्यक्तातिर ध्यान दिने बनाउन यस्तो बाटो अपनाउने तयारी थालेको हो ।

उनले यसरी मान्छेहरुको सोचाइमा परिवर्तन गर्न सकिने जनाएका छन् । फेसबुकमा भएका भिडियो गणनामा समेत अवरोध पारिने उनले बताएका छन् ।

आफ्नो प्रयोगकर्ता खातामा रहेका साथीहरु र अन्य पब्लिकले नदेखे पनि आफुले भने आफ्नो कुनै पनि पोष्टको लाइक एवं रिएक्सनको गणना हेर्न सकिनेछ । फेसबुकले यस्तै किसिमको परीक्षण इन्साटाग्राममा पनि प्रयोग गर्ने भएको छ ।

अरु सामाजिक सञ्जाल भन्दा फेसबुकले मानिसहरुको भावनामा निकै फेर बदल ल्याएको देखिएको छ । सन २०१८ मा अमेरिकामा गरिएको एक अनुसन्धानले १७ देखि १९ वर्ष उमेरसमुहका किशोर किशोरीहरुमा आफ्नो पोष्टको लाइक कसरी बढाउने भन्ने सोचमात्रै बिकसित भएको पाइएको थियो ।

गत जुलाईबाट अष्ट्रेलिया, क्यानडा, ब्राजिल, न्यूजील्याण्ड, जापान, इटाली र आयरल्यान्डमा इन्सटाग्रामको लाइक गणनासमेत आफुले मात्रै देख्न सकिने घोषणा गरेको थियो ।

यसको कारण मानिसहरुले लाइक गणना भन्दा भिडियो र फोटोमा ध्यान दिउँन भनेर गरिएको बताइएको थियो । फेसबुकले आधिकारीक रुपमा आफु लाइक गणना हटाउने नै घोषणा भने गरिसकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*