नेकपा भीमफेदीको सपथ ग्रहण, मृगौला पीडितलाई समेत आर्थिक सहयोग

तामसालिङ खबर
१० आश्विन २०७६, शुक्रबार १२:१७

असोज १०, हेटौडा (भीमफेदी) – एकिकृत कम्युनिष्ट पार्टीका सदस्यहरुले व्यक्तिवादी चिन्तनलाई पुर्ण रुपमा त्यागेर जनताको सेवामा लाग्न सक्यो भने मात्रै साम्यवादको लक्ष्यसम्म पुग्न सकिने नेकपाको केन्द्रिय सदस्य केदार न्यौपानेले बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भीमफेदी गाउपालिकाको सपथ ग्रहण गराउदै उनले भने, ‘ सत्तामा पुगेपछि कम्युनिष्टहरु विलासी, सुविधाभोगी जीवनशैली अपनाउन थालेको र जनताप्रतिको जिम्मेवारलाइ वेवास्ता गर्दै गएकै कारण धेरै साम्यवादी राष्ट्रहरु विघटन भएको इतिहास बताउदै कम्युनिष्ट नेताहरु जनताप्रति जिम्मेवार हुन आग्रह गरेका छन् ।

बिहिबार भिफेदीमा भएको सपथ ग्रहण तथा शुभकामना आदनप्रदान कार्यक्रममा न्यौपानेले सत्तामा गएर कम्युनिष्टहरु विग्रने गरेको इतिहाँसहरु धेरै भएकाले नेपाली कम्युनिष्टहरु प्रत्यक्ष जनताको निगरानीमा रहेर जनताको भावनाको कदर गर्दै जनताको जनवाद आफुहरुले चाहेको पनि बताए ।

त्यस्तै, प्रतिनिधि सभा सदस्य एव् केन्द्रिय सदस्य विरोध खतिवडाले स्थानिय तहहरुमा कम्युनिष्ट सरकारले गरेका कामहरुको जनताविच गएर समिक्षा गर्नु पर्ने र जनताको आश्यकताहरु, समस्याहरु के-के हरेका छन् पहिचान गरी समस्याको समाधान गर्न निर्देशित भनाई कार्यक्रममा राखेका छन् ।

नेकपाको गाउँपालिका अध्यक्ष सानु थापाको अध्यक्षतामा भएको सपथ ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश सभा सदस्य तथा केन्द्रिय सदस्य कुमारी मोक्तान, केन्द्रिय सदस्य रामेश्वर राना, प्रदेश सभा सदस्य तथा प्रेमबहादुर पुलामी, प्रदेश सभा सदस्य ओम घलान, जिल्ला नेताहरु बद्री लम्साल, बलराम बल, एकलाल श्रेष्ठ, प्रमिला लामा, प्रलोक पाण्डे लगायतले मन्तव्य राखेका थिए ।

नेकपाको जिल्ला सदस्य अप्सरा लोप्चनले स्वागत गरेको कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष तथा नेकपा जिल्ला सदस्य पार्वती रानाले चयन भएको सदस्यहरुको नाम वाचन गरेको थियो । सोही कार्यक्रम मार्फत भिमफेदी गाउँपालिका २ का दुई ओटै मृगौला फेल भएका पवित्रा जर्गा मगरलाई सहभागीहरुले आर्थिक संकलन गरी सहयोग समेत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*