मंसीरमा हुने उपनिर्वाचनका लागि २१ दललाई चुनाव चिन्ह प्रदान

तामसालिङ खबर
१० आश्विन २०७६, शुक्रबार ०९:२५

असोज , काठमाण्डौ – निर्वाचन आयोगले आउदो मंसीर १४ गते हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यको उपनिर्वाचन प्रयोजनका लागि दलहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ ।

आयोगले नेपालको संविधानको धारा २७१, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता गरी निर्वाचन चिन्ह प्रदान गरेको छ । संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम भएका, २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तह सदस्यको पदका लागि निर्वाचनमा दर्ता नभएका, एकीकरण भएका, नाम परिवर्तन भएका र २०७४ सालको निर्वाचनपछि दर्ता हुन भएका राजनीतिक दलहरूलाई आगामी मंसीर १४ गते हुने तीनै तहको सदस्यको उपनिर्वाचनको प्रयोजनको लागि चुनाव चिन्ह निर्धारणपछि प्रदान गरेको हो ।

उपनिर्वाचनका लागि २१ (एक्काइस) राजनीतिक दलहरूले आयोगमा दल दर्ताको लागि पेश गरेका निवेदन बमोजिम आयोगले दल दर्ता गरी निर्वाचन चिन्ह निर्धारण गरेको हो । आयोगमा साझा पार्टी, नेपाल कम्युनिष्ट पार्टी (ने क पा), राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक), नेपालवाद, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त), जनमत पार्टी (जपा), नेपाल लोकतान्त्रिक पार्टी, समाजवादी पार्टी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, नेपाल, नेपाली काँग्रेस (वी.पी.), इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नामका राजनीतिक दल दर्ता छन् ।

यसैवीच मन्त्रिपरिषद्को गत असोज ७ गतेको निर्णयानुसार चितवनको भरतपुर महानगरपालिका वडा नं. १६ मा रिक्त रहेको वडा अध्यक्ष पदका लागि पनि मंसीर १४ गते नै उपनिर्वाचन हुने भएको छ ।

उपनिर्वाचन प्रयोजनको लागि असोज ७ गतेसम्ममा नाम दर्ता भई सोही मितिसम्ममा १८ वर्ष उमेर पूरा भएका मतदाताले निर्वाचनमा भाग लिन पाउने आयोगका उपसचिव एव् सहायक प्रवक्ता सूर्यप्रसाद गौतमले जानकारी दिए ।

कुन दलले के चुनाव चिन्ह पाए हेर्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*