अपराधमा मुछिँदै मनी चेन्जर

तामसालिङ खबर
९ आश्विन २०७६, बिहीबार १४:१०

असोज ९, कठमाण्डौ – सिस्टम ह्याक गरी एटीएम बुथबाट झन्डै दुई करोड रकम लुटिएको घटनामा प्रहरी परिसर काठमाडौंले ५ चिनियाँ र एक चिनियाँ मूलका फ्रान्सेली सँगै दुई नेपालीलाई नियन्त्रणमा लियो ।

भदौं १५ को यो घटनामा ठमेलको नेपालय मनी एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने र डेक्सो मनि एक्सचेन्जका सञ्चालक रोशन प्रधान श्रेष्ठ पक्राउ परेका छन् ।

यो घटनापछि देशभरका मनी चेन्जर र तिनको कमजोर नियमनको पाटो सतहमा आयो । हुन्डी, अवैध सुन र डलर तस्करीका घटनामा बेला-बखत तानिने मनिचेन्जरहरु यसपटक बैकिङ कसुरमा जोडिन पुगे । एटिएम ह्याक गरेर निकालिएको मध्ये २९ लाख ९९ हजार रुपैयाँ यी दुई मनिचेन्जरबाट साटिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*