तामाङ समाज अमेरिकाको प्रथम साधारण सभा सम्पन्न

तामसालिङ खबर
८ आश्विन २०७६, बुधबार १३:०८

सेप्टेम्बर २५, न्युयोर्क – तामाङ समाज अमेरिकाको प्रथम साधारण सभा न्युयोर्कमा सम्पन्न भएको छ । समाजको अध्यक्ष सानुमाया तामाङले छ्युमे (दिप प्रज्वलन) बालेर साधारण सभाको उदघाटन गर्नु भएको थियो ।

सभामा समाजको संरक्षक एवं स्थानीय एल्म्हर्स्ट हस्पिटलका बोर्ड सदस्य लुईसाङ वाईबा तामाङ, संरक्षक शान्त बाबु थोकर, तामाङ बौद्ध तथा सांस्कृतिक केन्द्रको अध्यक्ष ईन्द्र तामाङ र गैर आवासीय नेपाली संघ अमेरिकाका क्षेत्रीय उपाध्यक्ष बाबुराम लामा लगायतले मन्तब्य ब्यक्त गर्नु भएको ।

साधारण सभामा समाजको अध्यक्ष तामाङले प्रस्तुत गर्नु भएको संस्थाको भावी योजना तथा कार्यक्रम सम्बन्धि प्रतिवेदनलाई सर्बसहमति रुपमा अनुमोदन गरेको छ । त्यस्तै, संस्थाको महासचिव बुद्दिमान तामाङले प्रस्तुत गर्नु भएको वार्षिक प्रतिबेदन, कोषाध्यक्ष फुरु लामाले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदनलाई समेत पारित भएको छ ।

प्रथम साधारण सभाले समाजको विधानलाई परिमार्जन गर्दै कार्यकारिणी बोर्डम फेरबदल गरेको समाजका नव-निर्बाचित महासचिव विनिता तामाङले जानकारी दिनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*