गैरआवासीय नेपाली संघ दक्षिण कोरियाको अध्यक्षमा यज्ञराज सुवेदी निर्बाचित

तामसालिङ खबर
६ आश्विन २०७६, सोमबार १६:५७

असोज, कोरिया – गैरआवासीय नेपाली संघ दक्षिण कोरियाको अध्यक्षमा यज्ञराज सुवेदी बिजयी भएको छ । सउलमा सेप्टेम्बर २१ र २२ तारिख भएको ७ औँ अधिवेशनमा सुवेदीले ७९४ मत ल्याएर बिजयी भएको हो ।

आइसिसी एनआरएनए कोरियाबाट सदस्यमा ओम जुग्जाली र लक्ष्मी लामा गुरुङ निर्वाचन अघि नै निर्विरोध चयन भएको थियो । अध्यक्षको प्रतिद्वन्दी विपिन गुरुङले ६५४ मत र बुद्धि गुरुङले ३१८ मत प्राप्त गरेका थिए ।

संघको वरिष्ठ उपाध्यक्ष पदमा दिपक पुन, उपााध्यक्षहरु सोम तामाङ, सन्जिब राई र यदु लामिछाने रहेका छन । महासचिवमा बिमल सुवेदी, सचिवमा राजकुमार स्याङ्तान र मनोज गौतम बिजयी भए ।

त्यस्तै, कोषाध्यक्षमा चन्द्र राना, सह-कोषाध्यक्षमा सन्तोष खड्का निर्बाचित हुनु भएको छ । महिला संयोजक सुभद्र पालुहाङ र युवा संयोजकमा अरुण श्रेष्ठ निर्वाचित भएको छ । कार्य समितिको सदस्यहरुमा पनि निर्बिरोध चयन भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*