ह्वाट्सएपको स्टाटस फेसबुक र इन्स्टाग्राममा शेयर गर्न मिल्ने फिचर

तामसालिङ खबर
५ आश्विन २०७६, आईतवार १४:०९

इन्स्टान्ट मेसेजिङ एप ह्वाट्सएपले एक नयाँ फिचर ल्याएको छ । यस फिचरको माध्यमबाट प्रयोगकर्ताले आफ्ना ह्वाट्सएप स्टाटसलाई फेसबुक र इन्स्टाग्राममा शेयर गर्न सक्नेछन् । यो फिचर एन्ड्रोइड र आइओएस दुवै प्लाटफर्ममा उपलब्ध रहेको छ ।

अब एउटै पोष्टलाई ह्वाट्सएप, इन्स्टाग्राम र फेसबुकमा एकैपटक पोष्ट गर्न सकिनेछ र अलग-अलग पोष्ट गर्नु पर्दैन । ह्वाट्सएपले प्रयोगकर्ताका लागि पछिल्लो समयमा नयाँ-नयाँ फिचरहरु ल्याइरहेको छ । यसअघि पनि ह्वाट्सएपले स्टाटससँग सम्बन्धित एक फिचर लञ्च गरेको थियो ।

पछिल्लो बिटा अपडेटमा ह्वाट्सएपले स्टाटस लुकाउन मिल्ने फिचर राखेको छ । जुन केही प्रयोगकर्ताका लागि परीक्षणको रुपमा रिलिज गरिएको छ ।

हाइड म्युटेड स्टाटस फिचरको मद्दतले प्रयोगकर्ताले ह्वाट्सएपको स्टाटस सेक्सनबाट म्यूट गरिएका सबै स्टाटस अपडेटहरु हाइड गर्न पाउनेछन् जसलाई प्रयोगकर्ताले देख्ने छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*