दशैँको लागि आजबाट टिकट बुकिङ खुल्यो

तामसालिङ खबर
५ आश्विन २०७६, आईतवार ०८:३३

असोज ५, हेटौडा – नेपालहरुको ठुलो चाड दशैं मनाउन उपत्यका बाहिर घर जाने यात्रुका लागि आज (आइतबार) बाट अग्रिम टिकट बुकिङ खुलेको छ । यातायात कम्पनीहरुले आजबाट दशैँका लागि टिकट बुकिङ सुरु गर्न लागेका हुन् ।

यातायात व्यवस्था विभागमा केही दिन अघि यातायात व्यवसायीसँग भएको छलफल अनुसार आजबाट दशैँका लागि टिकट बुकिङ खुला भएको हो । आजबाट लामो दूरीमा चल्ने बसको टिकट बुकिङ खुल्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको   छ ।

काठमाडौं उपत्यका नजिकका जिल्लाका लागि भने टिकट बुकिङ खुल्न अझै केहि दिन लाग्ने महासंघले जनाएको छ । कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाति र लगनखेल लगायतका स्थानमा टिकट बुकिङ सुरु हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*