तामाङ घेदुङ साइप्रसको तेस्रो बार्षिक उत्सब अक्टोबरमा हुने

तामसालिङ खबर
३१ भाद्र २०७६, मंगलवार १४:२७

भदौ ३१, साईप्रस – नेपाल तामाङ घेदुङको प्रवास शाखा साईप्रसले तेस्रो वार्षिकोत्सव मनाउने भएको छ । आइतबार बसेको बैठकमा भएको निर्णय अनुसर आगामी अक्टोबर २७ तारिकका दिन तेस्रो वार्षिकोत्सव मनाउने भएको हो ।

साइप्रस घेदुङले तेस्रो वर्ष पार गरि चौथो वर्षमा लाग्दै गर्दा तेस्रो वर्ष पार गरेको खुसियालीमा तेस्रो वार्षिकोत्सव मनाउने तयारीमा रहेको छ । तामाङ घेदुङ साईप्रसले स्थापना कालदेखि नै तामाङ जातिको उत्थान तथा भाषा, धर्म, संस्कार संस्कृतिको संवर्द्धनमा निक्कै उत्साहजनक कार्यहरु गर्दै आइरहेको छ ।

तामाङ जातिको शैक्षिक स्तरोन्नत्तिका लागि शैक्षिक कोष स्थापना गर्ने साइप्रस घेदुङको योजना रहेको अध्यक्ष साङमो थोकर तामाङले बताउनु भयो ।

त्यस्तै, साइप्रस घेदुङ र ह्याङ्ला दोलखा काठमाडौ तामाङ समाजको संयुक्त आयोजनामा असोज ४ गते शनिबार काठमाडौ सुकेधारा चोकमा ‘बृहत रक्तदान’ कार्यक्रम गर्ने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*