हेटौंडालाई फूलैफूलको सहर बनाउने – मेयर महत

तामसालिङ खबर
३१ भाद्र २०७६, मंगलवार १२:५८

भदौ ३१, हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिकालाई फूलैफूलको सहर बनाउने मेयर हरिबहादुर महतको योजना अघि बढेको छ । हेटौंडा बजार क्षेत्रमा उपमहानगरपालिकाले फूल रोपेर १ लाख ७८ हजार रूपैयाँ खर्च गरेको छ ।

हेटौंडा उपमहानगरपालिकाको प्रमुख हरिबहादुर महतले फूलैफूलको शहर बनाउने योजनालाई पूर्णता दिन गत बर्षदेखि १४ महिनामा ८ हजार ८ सय ३४ थान फूलका बिरुवा रोपेको हो ।

हरित नगरीको रुपमा परिचित हेटौंडालाई फूलैफूलको सहर बनाउने योजना सहित यसबर्ष पनि फूल रोप्ने कामलाई निरन्तरता दिने मेयर महतको योजना छ । उपमहानगरपालिकाले यस अवधिमा फूल खरिदका लागि १ लाख ७८ हजार रुपैयाँ खर्च गरिसकेको हो ।

फूल रोप्ने कामलाई यसबर्ष पनि निरन्तरता दिइने उपमहानगरपालिकाका मेयर महतले बताउनु भयो । फूल रोप्ने स्याहार गर्नको लागि ३ जना मालीको व्यवस्था समेत गरेको छ । यसबर्ष फूल मात्र नभई फलफुलको बिरुवा रोप्ने कार्यक्रम समेत तय गरेको छ ।

उपमहानगरपालिकाले कान्तिराजपथको डिभाइडर, हेटौंडा अस्पताल अगाडी, बसपार्क माछाबजार, आँखा अस्पताल रोड, जिल्ला प्रहरी कार्यालय अगाडी, राप्तीपुल नजिक, नगरपालिकारोड, देवी हलरोड लगायतका स्थानहरुमा फूल रोप्ने कार्य गरिसकेको र यस बर्ष बाँकी स्थानहरुमा पनि फूल रोप्ने योजना रहेको मेयर महतले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*