बकैयाको हात्तिसुढेमा कृषि उपज संकलन केन्द्र उदघाटन

तामसालिङ खबर
२९ भाद्र २०७६, आईतवार १०:२५

भदौ २९, हेटौंडा (बकैया) – मकवानपुरको पुर्बी क्षेत्र बकैया गाउपालिका वडा नम्बर ३ हात्तिसुढेमा कृषि उपज संकलन केन्द्र शनिबार उदघाटन गरिएको    छ ।

मर्सिकोर नेपालको सहयोगमा बाल कल्याण समाज मकवानपुरले सञ्चालन गरिरहेको सर्भ परियोजना, बकैया गाउँपालिका र स्थानीय जनश्रममार्फत निर्माण गरिएको केन्द्र संघिय सांसद कृष्णप्रसाद दाहालले उदघाटन गर्नु भएको हो ।

कृषि उपज सङ्कलन केन्द्रमा अब गाउँगाउँबाट तरकारी सङ्कलन हुने र बजारीकरण हुने हुँदा स्थानीय कृषकलाई लाभ मिल्ने सांसद दाहालले बताए । सांसद दाहालले आफ्नो क्षेत्रमा निर्माण भएको केन्द्रको भवनबाट स्थानीय कृषकले प्रसस्त लाभ लिनसक्ने अपेक्षा गर्दै आगामी दिनमा संरचना निर्माण तथा अन्य आवश्यक कार्यका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्दता समेत व्यक्त गरे ।

कार्यक्रममा बकैया गाउँपालिका आर्थिक विकास तथा सहकारी शाखा प्रमुख शिवराज पौडेल, कृषि शाखा प्रमुख डम्बरनारायण दाहाल, बाल कल्याण समाज मकवानपुरका कोषाध्यक्ष महालक्ष्मी राजभण्डारी श्रेष्ठ, प्रहरीचौकी हात्तिसुढेका असई कृष्णराज गौतम, बुद्द मावि हात्तिसुढेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर डिम्डुङ, सर्भ परियोजना संयोजक रामप्रसाद दहाल, सहयात्री बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष नानीमैया बजगाँई लगायतको सहभागी थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*