आदिवासी जनजाति अध्यक्षमा स्याङतान, तामाङ संघमा थिङ चयन

तामसालिङ खबर
२९ भाद्र २०७६, आईतवार ०९:००

भदौ २९, हेटौडा (मकवानपुर गढी) – नेपाली कांग्रेस निकट आदिवासी जनजाति महासघ मकवानपुर गढी गाउँपालिका संयोजकमा दोर्जे लामा स्याङतान र नेपाल तामाङ संघ अध्यक्षमा धनबहादुर थिङ चयन भएका छन् । आदिवासी जनजाति विभाग मकवानपुरका संयोजक भीमबहादुर भोम्जनको सभाध्यक्षता एवं कांग्रेस मकवानपुरका पार्टी सचिव बुद्ध लामाको प्रमूख आतिथ्यतामा भएको भेलाले स्याङ्तानको नेतृत्वमा ११ सदस्यीय जनजाति विभाग र थिङ्गको नेतृत्वमा ११ सदस्यीय तामाङ संघको कार्यसमिति चयन गरिएको हो ।

भेलाले जनजाति विभागको सहसंयोजकमा जिल्लाबहादुर थिङ्ग, सचिव विक्रम थिङ्ग, कोषाध्यक्ष उर्मिला गुरुङ्ग, सहसचिव सुकुलाल घलान, सदस्यहरु चन्द्रमोती महर्जन, सुर्यलाल पाख्रिन, विन्दमाया तितुङलगायत ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

त्यस्तै तामाङ संघ गढी गाउँपालिका उपाध्यक्षमा विक्रम लामा, सचिव विजय घलान, कोषाध्यक्ष सोनामसिं थिङ्ग, सहसचिव निरकुमारी स्याङ्तान, सदस्यहरु श्यामबहादुर लो, चन्द्रबहादुर स्याङतान, भीमबहादुर दोङलगायत ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

कार्यक्रममा कांग्रेस मकवानपुरका सल्लाहकार भरत पराजुली, जिल्ला सदस्य राजिव सुवेदी, सूर्यबहादुर रुम्बा, प्रतिनिधिसभा १ को ख का क्षेत्रीय सचिव सुवातसिं थिङ, नेपाल तामाङ संघ मकवानपुरका अध्यक्ष चम्फुरत्न लामा, गढी गाउँपालिका सचिव रामशरण धिताल वडा अध्यक्ष बखानसिं पाख्रिन, शिक्षक प्रतिनिधि चन्द्र महर्जनलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*