अब बेलायतमा पढाइपछि ‘वर्किङ भिसा’ पाउने

तामसालिङ खबर
२७ भाद्र २०७६, शुक्रबार ०९:३८

भदौ २७, काठमाण्डौ – बेलायतमा अध्ययन सकेका अन्तर्राष्ट्रिय विद्यार्थीले अब दुई वर्षसम्म वर्किङ भिसा पाउने भएका छन् । सरकारले शैक्षिक सत्र २०२०/२१ देखि यस्तो नियम लागू गर्ने घोषणा गरेको छ ।

सन् २०१२ मा तत्कालिन गृहमन्त्री टेरेजा मेको पालामा हटाइएको ‘पोष्ट स्टडी वर्क भिसा’ व्यवस्था पुन ल्याउन लागिएको पछिल्लो स्रोत पत्रमा उल्लेख   छ । अहिले स्नातक वा स्नातकोत्तर अध्ययन सकेपछि ४ महिनामात्र काम गर्न छुट छ ।

प्रधानमन्त्री बोरिस जोन्सनले घोषणा गरेको नयाँ रणनीतिको मूल उद्देश्य अन्तर्राष्ट्रिय विद्यार्थीलाई बेलायती विश्वविद्यालयमा आकर्षित गर्नु छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*