असोज ५ गतेदेखि दशैँका लागि टिकट खुल्ने

तामसालिङ खबर
२७ भाद्र २०७६, शुक्रबार ०९:३२

भदौ २७, हेटौडा – नेपालीहरुको चाड दशैँका लागि अग्रिम टिकट बुकिङ असोज ५ गतेदेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भएको छलफलमा असोज ५ गतेदेखि अग्रिम टिकट खुलाउने सहमति भएको छ ।

छलफलमा दशैँअघि भाडा नबढाउने पनि सहमति भएको छ । छलफलमा व्यवसायीले देशैभरिको सडक बिग्रिएको भन्दै गाडी चल्न सक्ने अवस्था बनाउन माग गरेका छन् ।

राष्ट्रिय राजमार्गदेखि स्थानीय रुटसम्मका सबैजसो सडकमा पहिरो गएको र खाल्डाखुल्डी धेरै भएकाले गन्तव्यमा समयमै गाडी नपुगेमा आफूहरु जिम्मेवार नहुने नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*