नेपाल र मलेसियाबीच रोजगारी खुला गर्ने सहमति

तामसालिङ खबर
२७ भाद्र २०७६, शुक्रबार ०७:५७

भदौ २७, काठमाडौं – डेट वर्ष देखि बन्द रहेको मलेसियाको रोजगार खुला गर्न सहमति भएको छ । नेपाल र मलेसियाको श्रम मन्त्रालयका सहसचिव स्तरीय प्राविधिक समितिमा तत्कालै मलेसियाको रोजगारी खुला गर्ने सहमति भएको हो ।

अब नेपालबाट नयाँ कामदार कामदार मलेसिया जान पाउनेछन् । कामदारहरु अब शून्य लागतमा मलेसिया जान पाउनेछन् । कामदार जाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनीले बेहोर्नेछ भने मेडिकलमा भएको खर्च पनि पहिलो महिनाको तलब दिने समयमा रिफन्ड गर्ने समझदारी दुई देशबीच भएको छ ।

दुई देशबीच गत कात्तिक १२ गते भएको श्रम मसझदारी कार्यान्वयन गर्ने सहमति भएको वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका सहसचिव रामप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार मलेसियसँग सेक्युरेटी गार्डको हकमा पनि सो समझदारी लागू गर्न मलेसिया तयार भएको छ ।

म्यानपावर व्यवसायीदेखि विभिन्न राजनीतिक दल र कामदारहरुले मलेसियाको रोजगारी खुलाउन दवाव बढाइरहेको बेला क्वाललम्पुरमा भएको तीन दिने वार्तामा यस्तो सहमति जुटेको हो । श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका अधिकारीका अनुसार अब श्रम समझदारी अनुसार मलेसियामा नयाँ कामदार जान पाउनेछन् ।

नेपाल सरकारले मलेसिया खुलाउने गरी नयाँ कामदारको स्वास्थ्य जाँच गर्ने १२२ वटा स्वास्थ्य संस्थाहरु सूचीकरण गरेको छ । विगतमा ३६ वटा मात्रै मेडिकललाई दिइएको अधिकार तोड्ने गरी नयाँ सूचीकरण भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*