लोकसेवा आयोगले पाँच हजार कर्मचारीको नयाँ दरखास्त

तामसालिङ खबर
२५ भाद्र २०७६, बुधबार १७:४९

भदौ २५, काठमाडौं – सरकारले संघ(केन्द्र) का लागि तत्काल करिब ५ हजार कर्मचारी भर्ना गर्ने भएको छ । लोकसेवा आयोगले केन्द्र सरकारको मागबमोजिम असोजदेखि नै विज्ञापन गरी पदपूर्तिको प्रक्रिया सुरु गर्ने तयारी गरेको छ ।

निजामती प्रशासनका ८० हजार र स्थानीय तहका ३४ हजार कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन प्रक्रिया सुरु गरेपछि केन्द्र सरकारले २०७४ देखि झन्डै दुई वर्ष कर्मचारी भर्ना रोकेको थियो ।

समायोजन प्रक्रिया पूरा हुनासाथ केन्द्र सरकारले कर्मचारी पदपूर्ति पुनः सुरु गर्ने निर्णय गरी विज्ञापन गरिदिन लोकसेवालाई आग्रह गरेको हो । दुई वर्षपछि पदपूर्ति प्रक्रिया खुलेकाले केन्द्रका लागि खुला प्रतिस्पर्धाबाट एकैपटक ठूलो संख्यामा कर्मचारी भर्ना गर्न लागिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ ।

प्रदेश र स्थानीय तहमा रिक्त पदमा समेत एक वर्षभित्र थप ७ हजार कर्मचारी भर्ना गरिँदै छ । सात प्रदेश र स्थानीय तहमा भएका कर्मचारीको संख्या र बर्सेनि अवकाश हुने नियमित प्रक्रियाको विश्लेषण गर्दा एक वर्षमा उक्त संख्यामा कर्मचारीको पदपूर्ति हुने लोकसेवाका पूर्वपदाधिकारीहरूको अनुमान छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*