स्काउटमा खुल्याे जागिर, निर्देशकदेखि सहायक सम्मका कर्मचारी माग

तामसालिङ खबर
२५ भाद्र २०७६, बुधबार ०९:२०

भदौ २५, काठमाडौं – नेपाल स्काउटले १९ पदमा कर्मचारी माग गरेको छ । बुधबार प्रकाशित सूचनाअनुसार निर्देशकदेखि सहयक सचिवालयसम्मका कर्मचारी माग गरिएको छ ।

निर्देशक, सहायक निर्देशक, प्रशासकीय अधिकृत, लेखा अधिकृत, कार्यक्रम अधिकृत, अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत, तालिम अधिकृत, स्रोत तथा परियोजना अधिकृत, सूचना प्रविधि अधिकृत पदमा आवेदन आह्वान गरेको छ ।

त्यस्तै स्काउटले व्यवसायिक विकास अधिकृत, अधिकृत (सचिवालय), सहायक, सहायक (ककनी अन्तर्राष्ट्रिय स्काउट केन्द्र), सहायक (राष्ट्रिय तालिम केन्द्र सुन्दरीजल), सहायक, सहायक (सूचना प्रविधि), सहायक (प्रशासन) र सहायक (सचिवालय) पदमा आवेदन आह्वान गरेको हो ।

योग्यताको आधारमा निर्देशक पदमा मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक वा सो सरह उत्तीण गरेको हुनुपर्नेछ । त्यस्तै सहायक पदमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा एसइइ वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने सूचनामा जनाइएको छ ।

सबै पदहरु करारमा हुने स्काउटले जनाएको छ । यस सम्बन्धी विस्तृत विवरणका लागि डब्लु डब्लु डब्लु डट नेपालस्काउट डट ओआरजी स्ल्यास जब अपरचुनिटीमा गई प्राप्त गर्न सकिने स्काउटले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*