चन्द्रमामा भेटियो विक्रम ल्याण्डर

तामसालिङ खबर
२३ भाद्र २०७६, सोमबार १७:३३

भदौ २३, एजेन्सी – भारतीय अन्तरिक्ष अनुसन्धान केन्द्र (इसरो) ले चन्द्रयान–२ ल्याण्डर विक्रम चन्द्रमाको सतहमा फेला पार्न सफल भएको छ । इसरोका अध्यक्ष डा. के सिवनले आइतबार चन्द्रमामा विक्रम ल्याण्डर अवतरण भएको स्थानमा पत्ता लागेको जानकारी दिएका हुन् ।

विक्रमसँग सम्पर्क कायम गर्न अझै पनि प्रयास जारी रहेको छ । सिवनले ल्याण्डर अवतरण भएको पत्ता लागेपनि त्यो कुन अवस्थामा रहेको छ भन्ने अझै यकिन नभएको बताएका छन् ।

उनले सम्भवतः हार्डल्यान्डिङ भएको तर ल्याण्डरमा क्षति पुगेको वा नपुगेको अझै स्पष्ट नभएको जिकिर गरे । इसरो ७ सेप्टेम्बरमा अन्तरिक्ष विज्ञानमा इतिहास रच्ने नजिक थियो । तर, चन्द्रयान–२ को ल्याण्डर विक्रमको ल्याण्डिङभन्दा मात्र ६९ पहिलो पृथ्वीसँग सम्पर्क टुटेको थियो ।

चन्द्रमाको दक्षिणी ध्रुवमा ल्याण्डर विक्रमको शनिबार बिहान भारतीय समयअनुसार १ बजेर ५३ मिनेटमा ल्यान्डिङ हुनुपर्ने थियो । यसपछि सिवनले भारतीय मिसन ९९ प्रतिशत सफल भएको र अन्तिम चरणमा ल्याण्डरसँग सम्पर्क टुटेको बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*