ओपोको ‘वाटरफल स्क्रिन’

तामसालिङ खबर
२० भाद्र २०७६, शुक्रबार १५:३६

एजेन्सी – ओपोले ‘वाटरफल स्क्रिन’ डिजाइन सहितको एउटा प्रोटोटाइप उपकरण ल्याएको छ । यसमा रहेको झण्डै भर्टिकल (ठाडो) ८८ डिग्रिको कर्भड बडीले सटिक दृष्यानुभूति दिनुका साथै उपकरणलाई करिव करिव बोर्डर रहित बनाइदिएको छ ।

यसले ओपोको मोबाइल फोनलाई नयाँ आकार दिने नव प्रबर्तनात्मकतातिर अग्रसर खोजीको प्रतिनिधित्व गर्नुका साथै, फुल स्क्रिन प्रविधि र उत्कृष्ट सौन्दर्यता अग्रसर खोजी पनि प्रतिबिम्बित गरेको छ ।

‘वाटरफल स्क्रिन’ले प्रस्तुत गरे झैँ नयाँआकार सम्बद्ध विभिन्न कारक तत्व तथा धातु सम्बन्धि खोज ओपोको आर एण्ड डीका ५ प्रमुख क्षेत्र मध्ये एक हो । कर्भ्ड डिस्प्ले डिजाइनका क्षेत्रमा पनिओपोको फराकिलो अनुभव रहेको छ ।

पछिल्लो पटक ओपो फाइन्ड एक्समा कम्पनीले पानोरामिकआर्क स्क्रिन डिजाइनका साथमा ९३.८ प्रतिशत स्क्रिन-टू-बडी रेसियो प्रस्तुतगरिसकेको छ । नयाँ ‘वाटरड्रप स्क्रिन’ फोनको बाह्य डिजाइनमा ओपोको नयाँ उपलब्धि हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*