बैंकहरूले नै गरेको छैन, साइबर सेक्युरिटी बीमा

तामसालिङ खबर
२० भाद्र २०७६, शुक्रबार ०८:१७

भदौ २०, काठमाडौं – नेपालमा साइबर जोखिम सम्बन्धी बीमाको सुविधा भएता पनि कुनैपनि बैंकले यस्तो बीमा गराएका छैनन् । नेपाल इन्स्योरेन्स कम्पनीले २०७५ साउनदेखि नै ‘साइबर रिस्क प्रोटेक्टर’ बीमालेख प्रचलनमा ल्याएको छ, तर अहिलेसम्म कुनै पनि बैंकले त्यस्तो बीमा गराएका छैनन् । यस्तो बीमा गर्नुपर्ने बाध्यकारी नीति पनि छैन ।

नेपाल इन्स्योरेन्सको उक्त ‘साइबर रिस्क प्रोटेक्टर’ बीमालेख अहिलेसम्म एउटा पनि बिक्री भएको छैन । ‘हामीले यस्तो बीमा गराउन पहल गर्दै आएका छौं । तर, अहिलेसम्म कोही पनि यस्तो बीमा गर्न इच्छुक देखिएनन्,’ कम्पनीका नायब महाप्रबन्धक विक्रम पाण्डेले भने, ‘विगतमा भएका विभिन्न साइबर हमलाले यसको महत्व देखाएको छ । सायद, अब विक्री हुन्छ होला ।’

पाण्डेले कुनै पनि बैंकले यस्तो बीमा गर्न नमानेको बताए । ‘बीमा समितिबाट पोलिसी स्वीकृत भएपछि हामीले बैंकहरू र नेपाल बैंकर्स संघलाई बीमा गर्नुस् भनेर प्रस्ताव गर्‍यौं ।

तर, बैंकहरू यस्तो बीमा गर्न इच्छुक देखिएनन्,’ उनले भने, ‘यस्तो बीमाको बजार सानो र जोखिम बढी भएकाले स्वाभाविक रूपमा महँगो हुन्छ । तर, बैंकहरू बढी महँगो भयो भनेर तर्किए ।’ बैंकहरूले साइबर रिस्क प्रोटेक्टर बीमाको महत्त्व नबुझेको उनको भनाइ छ । याे खबर आजकाे आर्थिक अभियान दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*