अब मोबाइल बन्द हुँदा पनि फोन आएकोबारे थाहा हुने

तामसालिङ खबर
१९ भाद्र २०७६, बिहीबार १४:०९

भदौ १९, हेटौडा – तपाईंको मोबाइलमा ब्याट्री सकिएको छ ? या नेटवर्क नलाग्ने ठाउँमा हुनुहुन्छ ? यस्तो बेला तपाईंलाई कसैले फोन गरेको छ भने तपाईंले पछि फोन गर्नेको जानकारी थाहा पाउन सक्नुहुन्छ ।

नेपाल टेलिकमले मोबाइलमा नेटवर्क नहुने वा ब्याट्री सकिएर मोबाइल स्वीच अफ भएको अवस्थामा समेत फोन आएको बारेमा जानकारी लिन सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।

टेलिकमले ल्याएको मिस्ड कल अलर्ट सुविधामार्फत मोबाइल बन्द हुँदा या नेटवर्क नलाग्दा पनि फोन गर्ने सबैको जानकारी आउनेछ । टेलिकमले यो सेवा पोष्टपेड तथा प्रिपेड मोबाइलमा उपलब्ध गराएको छ ।

यो सेवामार्फत सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको र ब्याट्री सकिएर बन्द भएको अवस्थामा समेत कसैको फोन आएमा, एसएमएसमार्फत जानकारी पाउन सकिन्छ ।

यो सेवा लिन *१४००# डायल गरेर दिएका विकल्प अनुसार sub mca लेखेर १४०० मा एसएमएस पठाउनुपर्ने टेलिकमले जनाएको छ । टेलिकमकाअनुसार यो सेवा लिन महिनाको ६ रुपैयाँ तिरे पुग्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*