बलात्कार गरेकाे आराेपमा एक नेपालीलाई अमेरिकामा ३३८ वर्ष जेल सजाय

तामसालिङ खबर
१९ भाद्र २०७६, बिहीबार ०७:३६

भदौ १९, काठमाडौं – पछिल्लो समय अमेरिकामा नेपालीहरु अपराधका घटनामा निरन्तर बढिरहेको छ । नेपालीहरु पक्राउ परेका अधिकांश घटना यौन र अपराधसँग जोडिएका छन् ।

यस्तै ७०० भन्दा बढी पटक बलात्कार गरेको अभियोगमा ३३८ वर्ष जेल सजाय काटिरहेका नेपाली पनि अमेरिकी जेलमा छन् । उनी हुन्, जनकपुरका अजयकुमार देव।

अजय पेशाले साक्रामेन्टोस्थित खानेपानी संस्थानका इन्जिनियर थिए । उनीमाथि आफ्नै धर्मपुत्री २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोप लागेको छ । त्यो पनि एक या दुईपटक हैन । पाँच वर्षदेखि हरेक साता तीन पटकसम्म ।

पाँच वर्षमा बलात्कृत भएको गणना गर्दा ७३८ पटक । र, यही मुद्दामा सन् २००९ मा क्यालिफोर्नियाकै स्थानीय जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै ३३८ वर्ष जेल सजाय सुनाएको खबर आज प्रकाशित शुक्रबार साप्ताहिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*