एनआरएन कोरियाको सचिबमा स्याङ्तानको उम्मेदवारी

शुभराज बोम्जन
१८ भाद्र २०७६, बुधबार १८:२२

भदौ १८, दक्षिण कोरिया – गैरआवासीय नेपाली संघ (एनआरएन) दक्षिण कोरियाको आउदो सेप्टेम्बर २१ र २२ गते हुने निर्बाचनमा सचिब पदका लागि राजकुमार स्याङतानले उम्मेदवारी घोषणा गरेका छन ।

सिन्धुपाल्चोक स्थायी घर रहेको स्याङ्तान बिगत ९ बर्ष देखि कोरियामा बस्दै आइरहेका छन । आफ्नो उम्मेदवारी संगै औपचारिक ६ बुंदे घोषणापत्र समेतको प्रतिबद्धता सार्वजनिक गरेका छन् । हालसम्म एनाअरएनए दक्षिण कोरियाको अध्यक्ष पदको लागि चार जनाले उम्मेदवारी दिइसकेका छन ।

एनआरएन कोरियालाई सशक्त, मजबुद बनाउनको निम्ति आफ्नो उम्मेदवारी रहेको स्याङतानले बताएका छन । स्याङतानले यसअघि एनआरएनए दक्षिण कोरियाको कोषाध्यक्ष पदमा रहेर आफ्नो जिम्मेवारी निभाइसकेका छन ।

स्याङतानले जारी गरिएको घोषणापत्रमा कोरियामा रहेका नेपाली मजदुर, बिद्यार्थीहरुको समस्या समाधानको पहलकदमी संगै भ्रमण २०२० सम्मको बिषयलाइ समेटिएको छ । निर्वाचनको माहौल नजिकिदै गर्दा विभिन्न पदका लागि भटाभट उम्मेदवारी घोषणा भैरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*