राधिका गोलेले जितिन्, जिएमई माइ भ्वाइस नेपालको उपाधि

दितीयमा सूर्य रूम्बा र तृतीयमा दिपेन्द्र ताम्राकारले जिते
तामसालिङ खबर
१८ भाद्र २०७६, बुधबार ०७:२६

भदौ, दक्षिण कोरिया – जिएमइ रेमिट्यान्सको आयोजनामा भएको ‘GME My Voice Nepal-2019 South Korea” गायन प्रतियोगिताको फाइनलमा राधिका गोले प्रथम भएकी छिन । प्रथम हुदै उनले नगद ५ लाख वान संगै ट्रफी प्राप्त गरेका छन् ।

त्यस्तै प्रतियोगिताको दितीय सूर्य रूम्बा र तृतीय दिपेन्द्र ताम्राकारले उपाधि हात पार्न सफल भएका छन् । उनीहरुले २ लाख र १ लाख वोन् नगद राशी र ट्रफीले सम्मानित भएका छन् । जिएमइ रेमिट्यान्सले पहिलो चरणमा भिडियो अडिसन लिएको थियो । त्यसै भिडियोको आधारमा २२ जना प्रतिस्पार्धीहरू छनोट भएका थिए ।

प्रतियोगितामा गाउने गीतको गायकको पक्षबाट लाईक, कमेन्ट र सेयरको आधारमा टप १२ को नामावली सर्वाजनिक गरिएकोमा ३ जना वाइल्ड कार्डमार्फत प्रवेश गराइ १५ जनामा फाईनल प्रतिस्पर्धा गराईएको थियो ।

प्रतिस्पार्धीहरू मध्येबाट अनलाइन पोल भोटिङ मार्फत २० प्रतिशत, प्रत्यक्ष दर्शक १० प्रतिशत भोटिङ, निर्णायक मण्डलको ७० प्रतिशत भोटगरि सबैभन्दाबढी अंक पाउने क्रमशः बिजयी भएका थिए ।

गीत-संगीतको क्षेत्रमा लागि परेका र रूचि राख्नेहरूका लागि यो राम्रो स्टेज बन्न सफल भएको प्रतियोगिताको दितीय बिजेता हुन सफल गायक सुर्य रूम्बाले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*