शालिकरामले ‘गर्लफ्रेन्ड’ का लागि छुट्टै कोठा भाडामा लिएका थिए

तामसालिङ खबर
८ भाद्र २०७६, आईतवार ०९:२९

भदौ ८, काठमाडौं – चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले गर्लफ्रेन्डसँग भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य भेटिएको छ ।

श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका ११ महादेवटारकी गोमा न्यौपानेको घरमा कोठा भाडामा लिएको फेला परेको छ।

महानगरीय प्रहरी परिसरको टोलीले पुडासैनीको कोठाबाट पुडासैनी र उनकी प्रेमिकाको फोटोसहित केही कागजात बरामद गरेको छ। पुडासैनीले एकजना केटीसँग खिचेको फोटो, लालपुर्जा, शेयर प्रमाणपत्र, सुन किनेको बिललगायत सामग्री बरामद गरेको वडाध्यक्ष उत्तम अधिकारीले जानकारी दिए।

पुडासैनीले कोठा भाडामा लिँदा आफू कलेज पढ्ने र काम गर्ने भएकाले कहिलेकाहीं बस्ने बताएका थिए । पछि घरधनीले पत्रकार भएको थाहा पाएका   थिए । कोठा खोज्न पुडासैनी एकजना केटी लिएर आएको न्यौपानेले बताइन् ।

‘कोठा खोज्न आउँदा एकजना केटी साथी थिई,’ न्यौपानेले भनिन्, ‘को हो, सोधिएन ।’ उनले प्रतिमहिना चार हजार रुपैयाँ तिर्दै आएका थिए। गलफ्रेन्ड भेट्न भाडामा कोठा लिएको विषय प्रहरीले बाहिर ल्याएको छैन। याे खबर आजकाे नागरिक दैनिकमा छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*