नेपाली सेनामा सेकेन्ड लेफ्टिनेन्टको जागिर खुल्यो

तामसालिङ खबर
५ भाद्र २०७६, बिहीबार ०९:१५

भदौ ४, काठमाडाैं – नेपाली सेनाले २५० जना अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट) को दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले रिक्त रहेको पदका लागि २५० जनाको माग गरेको हो ।

विभागको माग अनुसार १३१ जना खुला पदका लागि दरखास्त मागीएको हो भने ७ जना सैनिक परिवारका छोराछोरीका लागि कोटा छुट्याइएको छ । त्यस्तै २२ जना महिला, ३६ आदिवासी जनजाति, ३१ मधेशी, १७ दलित र ६ पिछडिएको क्षेत्र गरी २५० जनाको माग गरिएको हो ।

असोज २ गते सम्म दरखास्त दिन सकिने निर्देशनालयले जनाएको छ । दोब्बर दस्तुर तिरेर भने असोज ९ गते सम्म दिन सकिने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*