दुई ठूला राजमार्गलाई बाइपास गरिने

तामसालिङ खबर
५ भाद्र २०७६, बिहीबार ०८:५०

भदौ ५, हेटौंडा – हेटौंडाको मुख्य बजार क्षेत्रमा पर्ने दुईवटा ठूला राजमार्गलाई बाइपास गरिने भएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले ०७६/७७ मा हेटौंडा–१, चौकीटोलदेखि कर्रा खोला सम्मको १२ किलोमिटर सडक खण्डलाई स्तरोन्नति गरी बाइपास गर्ने भएको हो ।

संघीय सरकारले पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत हेटौंडा सडकखण्डको दायाँ–बायाँ २५ मिटर सडक विस्तार गर्ने नीति अवलम्बन गरेसँगै प्रदेश सरकारले त्यसको विकल्पका रूपमा बाइपास सडकको स्तरोन्नति गर्न लागेको हो ।

पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गत हेटौंडा बजार क्षेत्रमा सडक विस्तार गर्दा अर्बौंको क्षति हुने, व्यापार/व्यवसाय र हेटौंडाको सौन्दर्य हराउनेभन्दै प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा भौतिक पूर्वाधार मन्त्रालय बाइपास सडक निर्माणमा जुटेको छ ।

मन्त्रालयले बाइपास सडकलाई चौकीटोल–राप्तीपुल र राप्तीपुल–कर्रा गरी दुई भागमा विभाजन गरी काम अगाडि बढाउने भएको छ । पहिलो चरणमा चौकीटोल–राप्तीपुल र दोस्रो चरणमा राप्तीपुल–कर्रा सडक गरी दुई भागमा विभाजन गरी काम अगाडि बढाउन लागेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*