प्रदेश लोकसेवा आयोग गठन गर्ने निर्णय

तामसालिङ खबर
५ भाद्र २०७६, बिहीबार ०८:४०

भदौ ५, हेटौंडा – तिन नम्बर प्रदेशको राजधानी हेटौडामा बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश लोकसेवा आयोग गठन गर्ने निर्णय गरेको    छ । बैठकले प्रदेश लोकसेवा आयोगको गठन, काम कर्तव्य अधिकार र कार्यविधिका सम्वन्धमा व्यवस्था गर्न वनेको बिधेयक प्रदेश सभामा पेस गर्ने निर्णय गरेको छ ।

प्रदेश सभाबाट बिधेयक पास भएपछी लोकसेवा आयोग गठन गरेर कर्मचारी भर्ना गर्ने बाटो खुल्ने छ । यसैगरी बैठकले प्रदेश एकिकृत अनुदान व्यावस्थापन कार्यबिधि २०७६ को मस्यौदा स्वीकृतिगर्ने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*