युएईमा समाजवादी पार्टीको एकता, अध्यक्षमा बाबुराम लोप्चन चयन

तामसालिङ खबर
२२ श्रावण २०७६, बुधबार २१:३४

युएई –  संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालको युएईमा रहेका दुईवटै पार्टीका भ्रातृ संगठनहरू नेपाली संघीय समाज युएई र अन्तर्राष्ट्रिय नेपाली समाज युएईबीच एकता भएको हो ।

एकतापछि नयाँ संगठनको नाम अन्तर्राष्ट्रिय-नेपाली समाज युएई राखिएको छ । ‘संघीयता, सुशासन, समृद्धि, समाजवाद, समुन्नत संघीय समाजवाद जिन्दावाद’ मूल नाराका साथ घोषित एकताले बाबुराम लोप्चनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा खिमानन्द कँडेल, मुन्ना समसुल हक, शंकर सुनार, नवराज घिमिरे र भगवती चाम्लिङ राई छन् । महासचिवमा विनोद श्रेष्ठ, उपमहासचिव दिलबहादुर लोप्चन, सचिव किरण विक, सचिव अनुराग थपलिया, सचिव चुमनसिंह दर्लामीमगर, कोषाध्यक्ष सुरेश ओझा, सहकोषाध्यक्ष शोभा शर्मा छन् ।

यस्तै, कार्यसमिति सदस्यमा क्रमशः सन्तोष पाण्डे, रूपबहादुर खत्री, भीम दोङ, योगेन्द्र थापा, खोर्साङ तामाङ, शंकर लामिछाने, इजराइल मियाँ, दिलबहादुर विक, तीर्थ पाण्डे, बलबहादुर विक, राजेन्द्र कुमाल, पुष्पा तामाङ, प्रतिक्षा खड्का, वीरेन्द्र राई, रामबहादुर थापामगर, उर्मिला गुरुङ, सुष्मा श्रीवास्तव, रेशम लामा, पूजा घले, सरस्वती प्रधान, बुद्धि मेवाहाङ राई, धमकृष्ण राई, दइन्द्र राई, दुर्गाबहादुर सुनार र सावित्रा राई छन् ।

नयाँ कार्यसमितिलाई कार्यक्रमका प्रमुख अतिथि तथा संघीय समाजवादी पार्टीका केन्द्रीय परिषद् सदस्य चन्द्रप्रसाद सापकोटाले शपथ गराएका थिए  ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*