नेपालको स्याटलाइटले खिचेको पहिलो फोटो सार्बजनिक

तामसालिङ खबर
१९ श्रावण २०७६, आईतवार ०८:११

साउन १९, काठमाडौं – नेपालको पहिलो भू–उपग्रह (स्याटलाइट) नेपाली स्याट १ ले खिचेको आधा दर्जन फोटोमध्ये दुई फोटो सार्वजनिक भएको छ । असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्न शुरु गरेको भू–उपग्रहले खिचेको फोटोहरु संयुक्त राष्ट्र संघको बर्डस् ३ परियोजनाले वेवसाईट र सामाजिक सञ्जालबाट सार्वजनिक गरेको हो ।

नेपाल र श्रीलंकाको भू–उपग्रहले खिचेको फोटो सम्बन्धित निकायमा शुक्रबार ईमेलबाट पठाईएको नेपाली स्याट १ निर्माण गर्नेमध्येका एक नेपाली वैज्ञानिक हरिराम श्रेष्ठले बताए । उनका अनुसार सार्वजनिक गर्नुअघिल्लो दिनै नेपाली स्याट १ ले खिचेको फोटो नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)लाई पठाईएको थियो ।

‘भू–उपग्रहले पहिलो तस्बिर सूर्यको र अर्को तस्बिर जापानमाथि बादल लागेको खिचेको छ,’ उनले भने, ‘खिचिएको छ तस्बिर मध्ये तीन वटा सूर्यको र तीन वटा पृथ्वीको रहेको छ।’ एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*