उच्चशिक्षा हासिल गरेका १३ जना तामाङ विद्यार्थी अमेरिकामा सम्मानित

तामसालिङ खबर
१९ श्रावण २०७६, आईतवार ०७:५९

साउन १९, न्युयोर्क – उच्च शिक्षालाई प्रोत्साहन गर्दै आएको तामाङ सोसाइटी अफ न्युयोर्कले सन् २०१९ मा विभिन्न तह र विषयमा उच्चशिक्षा हासिल गरेका तामाङ विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

सोसाइटीको पहिलो वार्षिक साधारण सभाको अवसरमा मास्टर्स तह पूरा गर्ने तीन जना, ब्याचलर तहका चार जना र एसोसिएट तहबाट छ जना गरी १३ जना न्युयोर्क राज्यबाट शिक्षा हासिल गरेका विद्यार्थीलाई सम्मान गरिएको हो ।

मोनरोय कलेजबाट मास्टर्स डिग्री गर्नेहरु दीपेन्द्र लामा, बविता तामाङ, कामी याङ्जेन लामा रहेका छन् । त्यस्तै, ब्याचलर्स डिग्री पुरा गरेका सिटी कलेजका रोज लामा, हन्टर कलेजका पासाङ पाख्रिन्, बोरुघ कलेजका निरु योन्जन र सुनिता तामाङ (गुरुङ) रहेका छन् ।

लग्वार्डिया कम्युनिटी कलेजबाट एसोसिएट डिग्री पूरा गरेका बिध्यार्थीहरुमा फुर्वा लामा, याङ्चेन लामा, नूरी लामा, पूजा लामा, अन्जना योन्जन र सुरेश बम्जन लगायतको बिद्यार्थीहरुलाई सम्मान गरिएको हो ।

सोही कार्यक्रममा प्राध्यापकद्वय क्याथरिन मार्च र डेविड होल्मवर्ग र आइटी इन्जिनियर बिग योन्जनबाट विद्यार्थीहरुलाई क्यारिअर काउन्सिलिङ समेत गरिएको थियो । सोसाइटीका अध्यक्ष गोमा योन्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथीमा उत्तर अमेरिका तामाङ समाजका अध्यक्ष लक्यान लामा रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*