टिक-टक कम्पनीले स्मार्टफोन ल्याउने

तामसालिङ खबर
१९ श्रावण २०७६, आईतवार ०७:३२

एजेन्सी – भिडियो शेयरिङ एप ‘टिकटक’को सफलता पछि टिक-टक बनाउने कम्पनीले चाँडै नै विश्‍व बजारमा स्मार्टफोन ल्‍याउने भएको छ । पछिल्लो समय सबैभन्दा धेरैले प्रयोग गरिरहेको सामाजिक सञ्‍जाल एप्स टिक-टकमा करीब ५० करोड प्रयोगकर्ता रहेका छन् ।

टिकटकमा १५ सेकेण्डको भिडियो पोस्ट गर्ने गरिन्छ । यसलाइ प्लेस्टोरमा सय करोड पटक डाउनलोड गरिसकिएको छ । टिकटका डेभलपर बाइटडान्सले अब स्मार्टफोनको दुनियाँमा प्रवेश गर्ने विचार व्‍यक्त गरेका छन् ।

बाइटडान्स सँग टिकटक बाहेक धेरै भिडियो तथा न्यूजमा आधारित एप्सको स्मामित्व रहेको छ । त्‍यस मध्‍ये स्लेक, फ्लिपचार्ट, टोटिओ लगायत समावेश रहेका छन् । तर ती उत्पादनहरुमा सबैभन्दा प्रचलित भने टिकटक नै हुन पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*