आफु खुसी रहन अरूबाट धेरै आशा नगर्नुहाेस्

तामसालिङ खबर
९ श्रावण २०७६, बिहीबार १३:५८

सायदै यस्ता कुनै व्यक्ति हाेला, जसले अरूबाट कुनै आशा वा अपेक्षा राख्दैन । हरेक व्यक्तिले कसै न कसैबाट कुनै न कुनै कुराकाे आशा राखेकाे हुन्छ । हरेक व्यक्तिले परिवारबाट, नानीहरूबाट, साथीबाट, आफन्तबाट कुनै न कुनै आशा गरेकाे हुन्छ ।

आशा गर्नु एउटा स्वाभाविक गुण हाे र केही हदसम्म आशा गर्नु पनि पर्छ । नत्र कुनै आशा बिनाकाे जिवन रंगीन बन्न पुग्छ । तर जब हामी अरूबाट धेरै आशा वा अपेक्षा गर्छाै तब यही कुरा हाम्राे दुखकाे कारण बन्न पुग्छ । जब कसैले हाम्राे अपेगक्षा पुरा गर्छ, तब हामी खुसी महसुस गर्छाै र जब उसले हाम्राे अपेक्षा पुरा गर्दैन तब हामी आफैलाई दुखी महसुस गर्छाै । त्यसैले अरूबाट धेरै आशा पनि गर्नु हुँदैन । प्राय निम्न कुराहरूमा अरूबाट बढी आशा   नगर्नुहाेस् ।

खुसी रहन चाहनु हुन्छ ? यी ६ कुरा कहिल्यै नभुल्नुस्
हरेक मानिस खुसी हुन चाहन्छ । तर धेरैले जीवन जिउने तरिका नजानेर दुःखी हुन्छन् । मनदेखि प्रसन्न ब्यक्ति शारीरिकरुपमा पनि स्वस्थ हुने चिकित्सकहरु बताउँछन् । यहाँ जीवनमा खुसी रहन गर्नु पर्ने छ चीजको चर्चा गरिएको छ ।

१ हसाउँने कुराहरु हेर्नुस् – हाँसोले जीवनलाई सहज बनाउँछ । हाँसो रोक्दा घाटा हुन्छ । हाँसोलाई सके सम्म उजागर गर्नुस् । तपाइँलाई हसाउँने चुटकिला, चलचित्र वा कुनै टेलिभिजन शो नियमित हेर्ने गर्नुस् । एक पटक हेरिसकेको चलिचित्र वा शो फेरि हेर्दा पनि कुनै घाटा हुँदैन यदि त्यसले हसाउँछ भने ।

२ बाहिर निस्कनुस् – तपाइँ गाउँमा बस्नु हुन्छ कि ठूलो शहरमा त्यसले खास फरक पार्दैन । तपाइँ बाहिर निस्कनुस् दुनियाँ हेर्नुस् । आसपासमा भैरहेका परिवर्तनले मानिसलाई जीवन उर्जा दिन्छ । यदि नजिकै बगैचा वा पार्क छ भने त्यहाँ केहीबेर बस्नुस् । बाहिर निस्किँदा घाम छ भने त्यसले पनि फाइदा गर्छ । घामबाट पाहिने भिटामिन डीले निराशा र दिक्कपनबाट मुक्ति दिन्छ ।

३ नियमित ब्यायाम गर्नुस् – विहान उठेपछि वा साँझको समयमा यस्तो केही काम गर्नुस् जसले तपाइँको शरीरबाट पसिना छुटोस् । यसले दिमागलाई तेज बनाउँछ । प्रत्येक दिन ब्यायामको लागि समय निकाल्नुस् ।

४ शरीरमा मालिस गर्नुस् – समय समयमा शरीर मालिस गर्नु स्वास्थ्य र आराम दुवै दृष्टीले राम्रो हुन्छ । दिनमा एक पटक शरीरमा हल्का मालिस गर्दा पनि तपाइँलाई चुस्त र फुर्तिलो बनाउँछ ।

५ सुगन्धित तेलको प्रयोग गर्नुस् – स्प्रे वा सुगन्धित तेल लगाउने बानीले तपाइँलाई स्फुर्त बनाउँछ । यसले तपाइँको ब्यक्तित्व पनि आकर्षक बनाउँछ ।

६ सकारात्मक सोंच -सकारात्मक सोंच सुखी जीवनका लागि सबैभन्दा आवश्यक पर्ने कुरा हो । यदि तपाइँ खुसी रहन चाहनु हुन्छ भने हरेक परिस्थितिमा सकारात्मक सोंच राख्नु पर्छ । सकारात्मक सोंच राख्ने क्षमताले प्रतिकुल परिस्थितिमा पनि सुखी राख्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*