सकियो, हेटौडा कोरा साईक्लिङ्ग च्यालेन्ज

तामसालिङ खबर
६ श्रावण २०७६, सोमबार ०७:५६

साउन ६, हेटौडा – हेटौडा राईर्डस कलबको आयोजनामा भएको हेटौडा कोरा साईक्लिङ्ग च्यालेन्ज सम्पन्न भएको छ । बिश्व साईकल यात्री पुस्कर शाहाको सहभागीता आयोजीत कार्यक्रममा महिला पुरुष गरी २ सय १० जना साईकल यात्रीहरुको सहभागीता रहेको थियो ।

क्लबले साईक्लिङ्ग च्यालेन्जबाट आफुको लागी आफै च्यालेन्ज गरौ भन्ने अभिप्रार्य राख्दै कार्यक्रम आयोजना गरेको कलबका अध्यक्ष बिकाश ताम्राकारले बताए । उत्साहपुर्बक साईकल यात्रीहरुको सहभागीताले आफुुहरुलाई समेत उर्जा मिलेको बताए ।

यो बर्ष देखी बाहीरी जिल्लाबाट पनि उल्लेख्य साईकल यात्रीहरुको सहभागीता रहयो यसले आगामी दिनमा कार्यक्रम गर्नमा हामीलाई हौशला मिलेको छ ताम्रकारले बताए । कार्यक्रममा बारा, पर्सा, उदयपुर, काठमाण्डौ, ललीतपुर, भक्तपुर, चित्तवन, कैलाली, धादिङ् लगायतका जिल्लाहरुबाट साईकल यात्रीहरुको सहभागीता रहेको थियो । स्वाथ्यका लागी साईकल र जिल्लाका बिभिन्न धार्मीक स्थलहरु चिनाउने मुख्य लक्ष्य राखीएको कार्यक्रममा भुटनदेबीे मन्दिरबाट सुरु गरीएको थियो ।

हेटौडाको बुद्धचोक, पिपलबोट, संगमचोक, नगरपालीकारोड, बनस्खण्डी, सिंचाईटोल हुदै मनकामना मन्दिर, पिप्लेकुना हुदै क्याम्पाडाडा, कमाने, औधोगीक क्षेत्र, गुम्बाचोक, सिमेन्टरोड हुदै चौधघरे, कुश्माण्ड सरोबरधाम, बनस्पती हुदै पदमपोखरी, बेलडाडा, तीनताप्के हुदै पुन बुद्धचोक आएर शहिदस्मारक, पुन्यक्षेत्र हुदै बुद्धचोक आइपुगी कार्यक्रम समापन गरेको थियो । कार्यक्रमको प्रमुख अतिथी समेत रहेको बिश्व साईकल यात्री पुस्कर शाहले सहभागी सबैलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*