फेसबुक म्यासेञ्जरमा अश्लिल भिडियो देखि सजग हुनुहोस

तामसालिङ खबर
५ श्रावण २०७६, आईतवार २३:१९

साउन ५, काठमाडौं – फेसबुक म्यासेञ्जरमा आएको के त्यो भिडियो तपाइको हो ? भन्ने म्यासेजले फेसबुक प्रयोगकर्तालाई हैरानी बनाएको छ । यसरी हैरानी भएको र आफूले कुनै पनि भिडियो म्यासेञ्जरमा नपठाएको भन्दै स्टाटस पोष्ट समेत गरिरहेका छन् ।

यसलाई खोल्दा ह्याकरहरुले सबै डाटाबेस कलेक्सन गरेर पछि फेसबुकमा नै समस्या आउने गरेको प्रविधिमा जानकार भानुभक्त थपलियाको भनाइ छ । प्राध्यापक, सञ्चारकर्मी, राजनीतिकर्मी लगायत सामाजिक अगुवाहरुले यो सबै स्पाम हो, मैले कसैलाई पनि भिडियो पठाएको छैन, त्यो भाइरस हुन सक्छ, नखोल्नुहोला भनेर स्टाटस पोष्ट गरिरहेका छन् ।

सूचना प्रविधिमा जानकार पवन प्रधानका अनुसार फेसबुक म्यासेञ्जरमा अहिले आइरहेको भिडियो भाइरस हो, स्पाइबर हो, त्यो लिंक अथवा भिडियो खोल्ने क्रममा फेसबुक आइडी र पासवर्ड मागेर फेसबुक ह्याक गर्छ। आफ्नो अनुकूलतामा प्रयोग गर्छन्, त्यसैले त्यस्तो मेसेजलाई नखोली लुकाउने र हटाउने गर्नु नै फेसबुक सुरक्षित हुन्छ ।

यदि तपाईलाई जसको नामबाट आएको भए पनि ती व्यक्तिहरुले तपाईंलाई म्यासेज पठाएका होइनन्, त्यसैगरि तपाईंको नामबाट पनि अन्यलाई उस्तै म्यासेज गइरहेको पनि तपाईंले पठाउनु म्यासेज होइन। विज्ञहरुले प्रयोगकर्ताले फेसबुक चलाउने क्रममा त्यस्ता सन्देश आएमा नखोल्न अनुरोध गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*