क्यान्सर पिडित रुपालाई अनेमसंघद्वारा ७१ हजार सहयोग

तामसालिङ खबर
५ श्रावण २०७६, आईतवार ०८:२७

साउन ५, हेटौंडा – हेटौंडा उपमहानगर कार्यपालिका सदस्य एबम नेकपाका महिला नेता क्यान्सर पिडित रुपा खुलाल गोलेलाई आर्थिक सहयोग भएको   छ ।

क्यान्सर पिडित गोलेलाइ थप स्वास्थ्य उपचारको लागी शनिबार अखिल नेपाल महिला संघ मकवानपुर जिल्लाको संयाेजनमा अनेमसंघ जिल्लाबाट १० हजार र अनेमसंघ क्रान्तिकारीबाट ६१ हजार गरि जम्मा ७१ हजार सहयाेग भएको छ ।

उक्त सहयोग रकममा राष्ट्रिय समावेशि आयोगकी सदस्य बिष्णु ओझाबाट ४ हजार ५ सय, प्रदेश सांसद जुनेली श्रेष्ठबाट ५ हजार, जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलालले ४ हजार सहयोग गरेका थिए ।

सहयोग हस्तान्तरणमा तत्कालीन अनेमसंघकी जिल्ला अध्यक्ष पार्बती राना, तत्कालीन अनेमसंघ क्रान्तिकारी केन्द्रीय सदस्य लक्ष्मी माझी लगायतकाे उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*