एप्पलको नयाँ इमोजी

तामसालिङ खबर
४ श्रावण २०७६, शनिबार १६:५६

एजेन्सी – एप्पलले ह्वीलचेयरमा बसेको व्यक्ति, छडीको सहारामा हिँडिरहेका व्यक्तिहरू र सुन्ने क्षमता कम भएका व्यक्तिहरु लागि नयाँ इमोजी सार्वजनिक गरेको छ ।

यो उनीहरुका लागि सुन्ने मेसिन पनि रहेको छ । विश्व इमोजी दिवसको अवसरमा जारी गरिएको इमोजीले अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व राम्रो बनाउने दाबी गरिएको छ ।

‘विविधतालाई धेरै तरिकाले ग्रहण गर्ने एप्पलको मूल्यमान्यता नै हो’, एपलका प्रवक्ताले भने । यी नयाँ इमोजीहरूले किबोर्डमा भएको ठूलो खाडललाई पुर्नेछ । नयाँ इमोजीहरूमा मिलाइरहेको हातमा विविध रङ्ग र जनावर एवम् खानेकुराहरू पनि छन् ।

अहिले २० वटा नयाँ इमोजी जारी गर्ने र वर्षको अन्त्यतिर थप इमोजी घोषणा गर्ने बताइएको छ । एपलको नयाँ इमोजीको प्रस्ताव युनिकोड कन्सोर्टियमले स्वीकृत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*