कारागारभित्र भेटियो जासुसी पेन क्यामरा

तामसालिङ खबर
४ श्रावण २०७६, शनिबार १०:१४

साउन ४, काठमाडौँ – जिल्ला कारागार बझाङमा जेल सजाय भोगिरहेका एक कैदीका साथबाट पेन क्यामरा भेटिएको छ । ६ महिना अघिको विषयलाई लिएर कैदीहरुबीच चलेको कुराकानीबाट जेलभित्रै कानुन विपरीत जासुसी क्यामरा राखेको रहस्य बाहिरिएको हो ।

जेलमा बसेका मध्ये कसैले कारागारको गतिविधिसँगै सुरक्षा स्थिति सम्बन्धी दृश्य रेकर्ड गरेर बाहिर पठाउने गरेको सूचना प्राप्त भएपछि गरिएको जाँचमा जबर्जस्ती करणीमा जेल सजाय भोगिरहेका आरएन भनिने ईश्वर थापाको झोलामा लुकाएर राखेको अवस्थामा सो पेन क्यामरा भेटिएको जेलर राजेन्द्र बहादुर बोहोराले जानकारी दिए । समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*