कांग्रेसमा कोइराला परिवारको सक्रियता

तामसालिङ खबर
४ श्रावण २०७६, शनिबार १०:०३

साउन ४, कठमाण्डौ – कांग्रेस र कोइराला परिवार परिपूरक जस्तै थियो सुशील कोइराला सभापति छँदासम्म । १३ औं महाधिवेशनको संघारमा सुशीलको निधन भएपछि कोइराला परिवार मूल नेतृत्वबाट बाहिरियो।

उनीहरूले तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई सभापतिमा समर्थन गरेका थिए । पौडेल समूहबाट महामन्त्रीमा डा. शशांक कोइराला निर्वाचित भए । डा. शेखर कोइराला र सुजाता कोइराला केन्द्रीय सदस्यमा विजयी भए ।

१४ औं महाधिवेशनको चर्चा चलिरहँदा तीनै नेता पार्टीको मूल नेतृत्वमा आउन रणनीति बनाउन क्रियाशील छन् । महाधिवेशनलाई लक्ष्य गरी उनीहरूले दुई वर्षदेखि आफूहरू एकढिक्का भएको सन्देश दिन भ्याइरहेका छन् ।

कहिले ‘लन्च मिटिङ’ गर्छन् त कहिले एउटै मञ्चमा उभिन्छन् । जारी केन्द्रीय कार्यसमिति बैठकको एजेन्डामा महाधिवेशन पनि समेटिएपछि उनीहरूको सक्रियता झनै बढेको छ । यो समाचार आजको अन्नपूर्ण पोष्ट दौनिकमा प्रकाशित छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*