काठमाडौंमा खाद्यान्न सबैभन्दा महङ्गो

तामसालिङ खबर
४ श्रावण २०७६, शनिबार ०९:१४

साउन ४, काठमाडौं – नेपाली बजारमा पछिल्लो समय खाद्यान्न, तरकारी तथा पेय पदार्थको मूल्य बढेको छ । बैंकले गत आर्थिक वर्षको ११ महिनामा खाद्य, तरकारी तथा पेय पदार्थको मूल्य वृद्धि भएको तथ्यांक सार्वजनिक गरेको हो । आर्थिक बर्ष २०७४/७५ मा खाद्यान्नको मूल्यवृद्धि ३ प्रतिशतले वृद्धि भएको थियो ।

अघिल्लो आर्थिक बर्ष जेठमा ११ प्रतिशतले बढेको तरकारीको मूल्य गत जेठमा मूल्य बढेर १४.६ प्रतिशत पुगेको छ । सो अवधिमा तरकारीको मूल्य ७.६ प्रतिशतले बढेको छ भने खाद्यान्नको मूल्य ५ दशमलव ६ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । समग्रमा अघिल्लो जेठको तुलनामा गएको जेठमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ६.७ प्रतिशतले बढेको छ ।

सो समूहको मूल्य बढेपनि गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धिमा भने थोरै परिवर्तन आएको छ । अघिल्लो आवको जेठमा ५ प्रतिशतले बढेको मूल्य वृद्धि गत जेठमा पुग्दा ५.७ प्रतिशत पुगेको छ । यस समूहअन्तर्गत घरायसी सेवा तथा उपयोगका सामान र लुगा जुत्ताको मूल्य अघिल्लो आवको तुलनामा केही बढेको छ ।

क्षेत्रगत रुपमा काठमाडौं सबैभन्दा महङ्गो र पहाड सबैभन्दा सस्तो देखिएको छ । अघिल्लो आवमा हिमाल सबैभन्दा महङ्गो र काठमाडौं सबैभन्दा सस्तो थियो । छिमेकी मुलुक भारतभन्दा नेपाली बजारमा खाद्यान्न तथा गैर खाद्य पदार्थ करिब दोब्बर महङ्गो भएको राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*