दुहुना भैंसी पाल्ने किसानलाई एक लाख अनुदान

तामसालिङ खबर
३ श्रावण २०७६, शुक्रबार ११:४३

साउन ३, चितवन – चितवनको इच्छाकामना गाउँपालिकाले दुहुना भैँसी पाल्ने किसानलाई रु एक लाख अनुदान वितरण गरेको छ । बिहीबार एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले तीन दुहुना भैँसी पाल्ने आठ कृषकलाई जनही रु एक लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।

आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम अनुसार उक्त रकम वितरण गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । किसानलाई व्यावसायिक बनाउन र कृषि पेशातर्फ आकर्षित गर्नका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ । साथैँ गाउँपालिकाले बिहीबार नै युवा लक्षित व्यावसायिक तरकारी तथा फलफूल खेतीतर्फ आठलाई जनही रु एक लाखका दरले अनुदान हस्तान्तरण गरेको छ ।

गाउँपालिकाले बाख्राखोर सुधारका लागि २० लाई जनही रु २५ हजार, व्याड बोकाका लागि २० लाई जनही रु ४० हजार र बङ्गुरपालनतर्फ दुई किसानलाई पनि जनही रु २५ हजारको चेक हस्तान्तरण गरिएको थियो । गाउँपालिकाले तोकिएको मापदण्डभित्र रहेर किसान वा फार्मलाई कृषि र पशुपालनमा अनुदान दिएको हो ।

युवा किसानलाई प्रोत्साहित गर्न पशुपालन, मौरीपालन, सुन्तला खेती र युवा किसानका लागि आवेदन माग गरेर सकारात्मक कार्यको थालनी गरेको भन्दै किसान खुशी भएका छन् । अनुदानका कार्यक्रम सञ्चालन गरेपछि गाउँपालिकाभित्र व्यावसायिक कृषि पेशातर्फ किसान आकर्षित भएका छन् । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*