पूर्वमन्त्री बस्नेतको स्रोत नखुलेको ६१ करोड सहकारीमा

तामसालिङ खबर
३ श्रावण २०७६, शुक्रबार ११:३८

काठामाण्डौ – राजधानीको महाबौद्ध स्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा स्रोत नखुलेको रकम भेटिएको छ । सहकारीमा कांग्रेस नेता मोहनबहादुर बस्नेतको ६१ करोड रुपैयाँ स्रोत नखुलेको सम्पत्ति भेटिएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वसञ्चार मन्त्री समेत रहेका बस्नेतले प्रणामी सहकारीमा राखेको उक्त रकमको अध्ययन सुरु गरेको छ । विभागले सो रकम झिक्न नमिल्ने बनाएको छ ।

बस्नेतले कर छलीको रकम सहकारीमा जम्मा गरेको विभागको आशंका छ । बस्नेतले सहकारीमा गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति राखेको भन्दै विभागले बयानका लागि उनलाई बोलाउने तयारी गरेको छ । समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*