फरार रहेका बलात्कारी चौलागाई पक्राउ

तामसालिङ खबर
३ श्रावण २०७६, शुक्रबार १०:३०

साउन ३, हेटौंडा – जबरजस्ती करणी मुद्धामा अदालतले गरेको फैसलालाई वेवास्ता गर्दै छ वर्ष देखि फरार रहेका एक जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ ।

जिल्ला अदालत मकवानपुरले २०६९ चैत ६ गते तथा पुनरावेदन अदालत हेटौंडाबाट २०७१ असार १७ गतेको फैसलाले जवरजस्ती करणी मुद्धामा दुईबर्ष ६ महिना कैद सजाय तोकेपनि फरार रहेका हेटौंडा–६ का ४४ वर्षीय पुण्यप्रसाद चौलागाइलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक पवनकुमार झाको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको हो ।

उनलाई हेटौंडा–२ बाट पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराएर कैद भुक्तानको लागि क्षेत्रीय कारागार कार्यालय भीमफेदी मकवानपुर पठाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*