पोष्टपेड र टेलिफोन जडानमा छुट

तामसालिङ खबर
२ श्रावण २०७६, बिहीबार १८:००

साउन २, काठमाडौं – नया आर्थिक बर्ष शुरु भए संगै नेपाल टेलिकमले पोष्टपेड र टेलिफोन जडानमा छुट ल्याएको छ । आर्थिक विधेयक २०७६ को दफा १४(१) मा व्यवस्था भए बमोजिम टेलिफोन जडान गर्ने ग्राहकबाट स्वामित्व शुल्क वापत ५ सय मात्र लिने व्यवस्था भएपछि नेपाल टेलिकमले उपलब्ध गराउदै आएको स्थानीय टेलिफोन तथा पोष्टपेड मोबाइल पहिले भन्दा कम दरमा उपलब्ध हुने भएको छ ।

जस अनुसार अब १ हजार ६ सय ३५ रुपैयाँमा स्थानीय टेलिफोन र ९ सय ४५ रुपैयाँमा पोष्टपेड मोबाइल लिन सकिने कम्पनीले जनाएको छ । यसअघि स्थानीय टेलिफोनका लागि २ हजार २ सय र पोष्टपेड मोबाइलका लागि १ हजार ५ सय १० रुपैयाँ बुझाउनु पर्दथ्यो ।

साथै उक्त विधेयकको कार्यान्वयन सँगै स्थानीय टेलिफोनको नामसारी गर्दा लाग्ने शुल्कमा समेत ५ सय ६५ रुपैयाँ कम भएको छ । यसअघि टेलिफोन नामसारी गर्दा १२ सय ४३ रुपैयाँ शुल्क बुझाउनु पर्दथ्यो भने अब जम्मा ६ सय ७८ रुपैयाँ मात्र भुक्तानी गर्नु पर्दछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*