सरकारी टोली र प्रतिबन्धित विप्लव समूहबीच गोप्य वार्ता

तामसालिङ खबर
३१ असार २०७६, मंगलवार ०७:५१

काठमाडौं – पार्टीमाथि प्रतिबन्ध लगाइएको चार महिनापछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक औपचारिक छलफल भएको छ ।

गत आइतबार भक्तपुर र काभ्रेको सीमा नजिकको एक होटलमा भएको यो छलफलले वार्ताको लागि सकारात्मक वातावरण बनाएको सरकारी टोलीको भनाई छ ।

सरकारी टोलीको प्रतिनिधित्व तत्कालिन वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले गरेका थिए । छलफलमा विप्लवका स्थायी समिति सदस्य स्तरका नेता सहभागी थिए । तर, उनको नाम गोप्य राखिएको छ ।

‘यो प्रारम्भिक चरणकै छलफल हो, त्यसैले धेरै कुरा भन्न मिल्दैन। तर, छलफलले वार्ताका लागि सकारात्मक वातावरण बनाएको छ’ पाण्डेले भने। विप्लवका नेताहरुसँग आइतबार छलफल गरेपछि पाण्डे सोमबार नेपालगञ्ज पुगेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*