साउन देखि इन्टरनेटको १३ प्रतिशत मूल्य वृद्धि हुने

तामसालिङ खबर
३० असार २०७६, सोमबार १२:०२

काठमाण्डौ – संघीय संसदबाट पारित आर्थिक विधेयकमा टेलिफोन, मोबाइल, इन्टरनेट सेवा प्रदायकबाट १३ प्रतिशत रकम संकलन गर्ने व्यवस्था गरे सँगै साउन १ गते देखि उपभोक्तामा इन्टरनेट शुल्कको भार बढ्ने भएको छ ।

यसअघि इन्टरनेटमा टीएससी सम्बन्धी प्रावधान नभए पनि आर्थिक विधेयकले १३ प्रतिशतको अतिरिक्त भार थपिदिएको छ । चालू वर्षको आर्थिक विधेयकमै टीएससीको व्यवस्था भएको थियो । चौतर्फी विरोध भएपछि सरकार र इन्टरनेट सेवा प्रदायक कम्पनी (आइएसपी) बीच सहमति भएपछि कम्पनीहरू उपभोक्तामाथि शुल्कको भार परेको थिएन ।

सरकारले सहमति पालना नगरेर जेठ १५ को बजेटमा पनि यसलाई निरन्तरता दिइएपछि आगामी आर्थिक वर्षको सुरुबाटै अतिरिक्त शुल्क लिने भन्दै कम्पनीहरूले सेवाग्राहीलाई जानकारी समेत गराइसकेका छन् ।

हालसम्म ग्राहकले जुन प्रकारको सेवामा जति शुल्क तिर्दै आएका थिए, बुधबारदेखि हुने बिलिङमा १३ प्रतिशत अतिरिक्त शुल्क थपिएर आउन लागेको खबर आजको कारोबार दैनिकमा सरस्वती ढकालले लेखेकी छन् ।

आइएसपीहरूले शुल्क बृद्धि सम्बन्धमा ग्राहकलाई मोबाइल म्यासेज मार्फत सूचना दिइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*