राष्ट्र बैंकले व्यवसायी र बैंकर छुट्याइने

तामसालिङ खबर
२८ असार २०७६, शनिबार १०:१२

काठमाडौँ – आगामी मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंकर र व्यवसायी छुट्याउने नीति लिने भएको छ । एउटै व्यक्तिले बैंक र व्यवसाय दुवै सञ्चालन गर्दा स्वार्थ बाझिने भएकाल वित्तीय क्षेत्रमा समस्या आएको निष्कर्षका आधारमा यस्तो नीति ल्याउन लागिएको गर्भनर चिरञ्जिवी नेपालले बताए ।

उनले भने, ‘बैंकर र व्यवसायी छुट्याउने व्यवस्थाको तयारी भएको छ । एउटै व्यक्ति बैंकर र व्यवसायी हुँदा स्वार्थ बाझियो ।’

एउटै व्यक्तिले बैंक र व्यवसाय दुवै सञ्चालन गरेकै कारण नेपाली वित्तीय क्षेत्रमा सुशासन बिग्रिँदै गएको बैंक अफ काठमाडौँका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले बताए । आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*