सीपमूलक तालिम बिना, वैदेशिक रोजगारीमा जना नपाइने

तामसालिङ खबर
२८ असार २०७६, शनिबार १०:०९

काठमाडौँ – वैदेशिक रोजगारीमा जान कामदारले अनिवार्य रुपमा सीपमूलक तालिम लिनुपर्ने भएको छ । वैदेशिक रोजगारीलाई प्रतिफल मुखी बनाउन सरकारले अनिवार्य तालिम लिनुपर्ने व्यवस्था गर्न लागेको हो ।

वैदेशिक रोजगारीमा जाने कामदारमध्ये झण्डै ७५ प्रतिशत अदक्ष छन् । कामदारको संख्या उच्च भएपनि उनीहरुको पारिश्रमिक न्यून हुँदा रेमिट्यान्समा समेत कमी आउँछ ।

औसतमा एक कामदारले ३० हजार रेमिट्यान्स पठाउने गरेको देखाएको छ । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारका दक्षता बृद्धि गरेर पठाउने तयारी गरेको हो ।

सीप सिकेर जाँदा उनीहरुको औसत कमाइ दोब्बर हुन्छ । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*