फेसबुकलाइ ५ अर्ब अमेरिकी डलर जरिवाना

तामसालिङ खबर
२८ असार २०७६, शनिबार ०९:४२

बिबिसी – अमेरिकी नियामक सस्था ‘द फेडरल ट्रस्ट कमिसन (एफटीसी) ले फेसबुकले प्रयोगकर्ताका तथ्याङ्कको गोपनीय सुचिनिश्तता नगराएको आरोप लगाएको छ । एफटीसीका अनुसार फेसबुकले राजनीतिक सरसल्लाह दिने संस्था क्याम्ब्रिज एनालिटिकालाई अनुपयुक्त रुपमा ८/७ करोड मानिसको तथ्याङ्क प्रयोग गर्न अनुमति दिएको आरोप लगाएको छ ।

यस विषयमा एफटीसीले केही समयदेखि अनुसन्धान गरिरहेको थियो । अनुसन्धान सन् २०१८ मार्चमा सुरु भएको थियो । क्याम्ब्रिज एनालिटिकाले करौडौँ फेसबुक प्रयोगकर्ताको तथ्याङ्कमा पहुँच पाएको रिपोर्ट लगतै पछि अनुसन्धान सुरु भएको थियो ।अनुसन्धान मुख्य ध्यान फेसबुकले सन् २०११ को प्रयोगकर्ताको तथ्याङ्क प्रयागबारे कानुन उल्लङ्घन गरे नगरेकोमा केन्द्रित थियो ।

त्यस कानुनमा समाजिक सञ्जालका प्रयोगकर्ताका तथ्याकं अरुलाई प्रयोग गर्न दिनु अघि कम्पनीले प्रयोगकर्तासँग अनुमति लिनुपर्ने हुन्छ । फेसबुकलाई दण्ड सजायँ दिनु पर्ने नपर्ने बारेमा साझा सहमति नभएपछि, निर्णय लिनको लागि मुद्दा हेरिरहेका आयुक्तमाझ मतदान नै गर्नु परेको स्रोतले बताएको छ । ३–२ को मतपरिणाम पछि फेसबुकलाई ५ अर्ब अमेरिकी डलर तिराउनु पर्ने निर्णय भएको हो ।

एफटीसीमा रहेका रिपब्लिकन पार्टी नजिकका आयुक्तले जरिबानाको पक्षमा मतदान गरेका थिए भने डेमोक्रेटिक पाटीसम्बद्ध आयुक्तले विरोधमा मत गरेका थिए । फेसबुकले यसमा कुनै प्रतिक्रिया नदिएको भए पनि उसले जरिवाना तिराइन सक्ने अनुमान परेको गरेको थियो । यही वर्षको सुरुवातमा उसले आफूमाथि ५ अर्ब डलरसम्मको जरिवाना हुन सक्ने अनुमान गरेको थियो ।

जरिवाना लागु हुनु अघि अमेरिकी सरकारको न्याय मन्त्रालय अन्तर्गतको नागरिक विभागले स्वीकृत गराउनु पछ । यदी विभागले जरिवाना स्वीकृत गराएमा यो एफटीएले कुनै प्रविधि कम्पनीलाई तिराएको सबैभन्दा ठूलो जरिवाना हुनेछ । बीबीसी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*