भोलिसम्म भारी वर्षा हुने

तामसालिङ खबर
२८ असार २०७६, शनिबार ०८:५९

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले आइतबार रातीसम्म काठमाडौँ लगायत देशको पूर्वी तथा मध्य क्षेत्रमा भारी वर्षा हुने जनाएको छ । सोमबार सम्म मनसुन कमजोर हुँदै जाने भए पनि पूर्णरुपमा वर्षा नरोकिने महाशाखाको भनाइ रहेको छ ।

मौसमविद् समीर श्रेष्ठले भने, ‘सोमबारदेखि मनसुन कमजोर हुँदै जान्छ तर वर्षा पूर्णरुपमा भने रोकिँदैन । आइतबार रातिसम्म भारी वर्षा हुन्छ ।’

मौसमविद्ले भारी वर्षाका कारण पूर्व र मध्य क्षेत्रको पहाडी भूभागमा पहिलो जान सक्ने तथा पूर्व र मध्य तराई क्षेत्रका नदीमा जलको बहाव स्तर बढ्न सक्ने जनाउँदै उच्च सतर्कता अपनाउन सुझाव दिएका छन् । खबर आजको नागरिक दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*